पहाडमा हुर्केकी, गुन्यु-चोलीमा सजिएकी ।…२
मेरी मायालु, भेट्न आउंछु।
तिमीलाई, भेट्न आउंछु।…२
पहाडमा हुर्केकी।

[त्यो खोला, त्यो नाला, हरियाली।
त्यो भन्ज्यांग, त्यो पाखा, चौतारी।]…२
लड्दै, तर्दै, उकालो चद्ढै।
तिमीलाई, भेट्न आउंछु।…२
पहाडमा हुर्केकी।

यो जिन्दगीको थकाई, यो दुख, कष्ट, यो भोगाई।…२ 
बिर्सेर जिउन, मिठो माया साट्न।
तिमीलाई, भेट्न आउंछु।
पहाडमा हुर्केकी,गुन्यु-चोलीमा सजिएकी ।
मेरी मायालु, भेट्न आउंछु।
तिमीलाई, भेट्न आउंछु।…३ 

[अब उँठौ, लडेका ठाउँ बाट।
हामी जुटौ, हिडौ साथसाथ।]…२
स्वीकार्दै बदलिएको समयलाई।
हो, हटाउँदै हृदयभरिको, भय लाई।
हो, सहँदै नियतीले दिएको, चोटलाई।
हाहाहाहाहाहा, पुछ्दै गहभरिको, आँसुलाई।
अब उँठौ, लडेका ठाउँ बाट।
हामी जुटौ, हिडौ साथसाथ।

गाउँ बस्ती शहर, फेरी बनाउनुछ।…२
उध्योग कलकारखाना, फेरी चलाउनु छ।
मर्मलाई सहेर, कर्मपथमा अघि बढ्नु छ।
आमाको दुखेको छातीमा। 
फेरी मल्हम लगाई, हँसाउनु छ।
अब उँठौ, लडेका ठाउँ बाट।
हामी जुटौ, हिडौ साथसाथ।

लालाबाला हरुको, भविष्य सजाउँनु छ।…२
हाम्रा गल्ती सच्याई, नौलो ईतिहास रच्नु छ।
भत्केका सम्पदाहरुको, पुननिर्माण गर्ने जिम्बेवारी छ।
अन्धकारलाई चिरेर, उज्यालो किरण छर्नु छ।
अब उँठौ, लडेका ठाउँ बाट।
हामी जुटौ, हिडौ साथसाथ।…४





[हेर्दा राम्रो माछापुच्छ्रे, मारी राम्रो माछा।
बैगुनी लाई गुनले मार्छु, खोजी ल्याईदेउ काँछ।]…२

[जुन खोलिमा पानी छैन, उही खोलि मा भोटि।
आफ्नो पोइ लाई बासी मकै, नाठो पोइ लाई रोटी।]…२

भातै पाक्यो गुदु गुदु, तिहुन लाई नुन छैन।
सुनको जस्तो जोबन दिदा, कान्छी लाई गुन छैन।

दैला मुनि तिते फापर, गाई ले खाए खाला।
लाको माया छाड्ने छैन, गए गर्धन जाला।

तालको माछा तालमै रहयो, भ्याकुतो पाखैमा।
अरुलाई बोली बचन, कान्छी लाई काखैमा।

[हेर्दा राम्रो माछापुच्छ्रे, मारी राम्रो माछा।
बैगुनी लाई गुनले मार्छु, खोजी ल्याईदेउ काँछ।]…२

बैगुनी लाई गुनले मार्छु, खोजी ल्याईदेउ काँछ।…२
You Might Also Like These Songs
Total Views