कहिले काँही मलाई पनि, हेरिदेउ है फर्केर।…२
सधैभरि, सधैभरि नजाऊ तिमी, म देखि तर्किएर।...२
कहिले काँही मलाई पनि, हेरिदेउ है फर्किएर।…२
सधैभरि नजाऊ तिमी, म देखि तर्किएर।...२

[मलाई रोज्यौ तिमीले, आँखाले खोज्यौ तिमीले।
मेरो छेऊमा, आइदेउ न, भन्यौ मलाई तिमीले।]…२
यो मन दिए तिमीलाई, यो तन दिए तिमीलाई। …२
तिमीलाई, मन दिए, तन दिए, जोवन दिए तिमीलाई।
अब फेरी, अब फेरी नजाऊ तिमी, म देखि तर्किएर।...२
कहिले काँही मलाई पनि, हेरिदेउ है फर्किएर।…२
सधैभरि नजाऊ तिमी, म देखि तर्किएर।...२

[मेरो छेऊ आएर फेरी, टाढा नगई देऊ तिमी।
मलाई एक्लो, बनाएर, छाडी नगई देऊ तिमी।]...२
यो साथ कहिले नछोड, त्यो बचन कहिले नतोड।...२
नतोड़, नतोड़ यो, नछोड त्यो, अमर बनाऊ यसलाई।
अब फेरी, अब फेरी नजाऊ तिमी, म देखि तर्किएर।...२
कहिले काँही मलाई पनि, हेरिदेउ है फर्किएर।…२
सधैभरि नजाऊ तिमी, म देखि तर्किएर।...२
सधैभरि नजाऊ तिमी...३, म देखि तर्किएर।



[सुनकै भाऊ छ, सुन्तला भारीको।
चाखी जानु भन्ने, मनकारीको।]...२
खै त, बूट जुत्ता।
कतिन्जेल धाउछौ दाई, धरान धनकुटा।...२

[धरान झर्छौ, धनकुटा भाकेर।
बल्छी दाउमा, सुन्तला राखेर।]...२
दाउरा भन्छौ तालिन अर्को छ।
छानो टाल्ने सपनै चर्को छ।
खै त, बूट जुत्ता।
कतिन्जेल धाउछौ दाई, धरान धनकुटा।...२

[रहर बाधी कहरको खकानमा।
मन बोक्छौ कि, घर बोक्छौ ढाकरमा।]...२
घरको दुख घरैमा तिन तला।
कहिले होला सुनको भाउ सुन्तला।
खै त, बूट जुत्ता।
कतिन्जेल धाउछौ दाई, धरान धनकुटा।...२

[सुनकै भाऊ छ, सुन्तला भारीको।
चाखी जानु भन्ने, मनकारीको।]...२
खै त, बूट जुत्ता।
कतिन्जेल धाउछौ दाई, धरान धनकुटा।...५



कति माया लाग्छ रे मै...२, ढुङ्ग्री मुन्द्रीको।
आमाले माया गरी किनी दिएको।...२
पोल्टाको पेवा पैसा गनि दिएको।
आमाले माया गरी किनी दिएको।...२

निधारमा टिका, नाकमा फुली, शिरैमा शिरबन्दी।...२
गलामा लाउँछु कम्पनी माला।...२ भएर पियारी।
बाबाले माया गरि किनी दिएको।...२
पसिनाको कमाई पोखी दिएको।
आमाले माया गरी किनी दिएको।...२

हातमा चुरा, गोडामा कल्ली, नाकैमा बुलाकी।...२
कानैमा लाउँछु चेप्टे सुन हजुर।...२ शिरैमा शिर फूल।
दाजुले माया गरि किनी दिएको।...२
पसिनाको कमाई पोखी दिएको।
आमाले माया गरी किनी दिएको।...२

कति माया लाग्छ रे मै...२, ढुङ्ग्री मुन्द्रीको।
आमाले माया गरी किनी दिएको।...५
You Might Also Like These Songs
Total Views