नमरी बाचें, दैवले सांचें, कहीं त भेट होला।
देउरालीलाई फूलपाती चढाई मन, त्यसैदिन साटौला।
मेरी माया, मन त्यहि साटौला।  
नमरी बाचें, दैवले सांचें, कहीं त भेट होला।

[धेरै छन जंगार, छिचोल्नु पर्ने, जिन्दगीएउटै छ।
किनारालाई बिसौनी सम्झी, नदी झैँ बग्नु छ।]...२
झुल्किन्छ कहाँ, भोलिको सुर्य, कहाँ हो रात पर्ने।
यो बेला फेरि जिउने र मर्ने, वाचा खै के गर्ने।
यो यात्रा तिम्रो बाटोमा परे, कुनै दिन भेट होला।  
देउरालीलाई फूलपाती चढाई मन, त्यसैदिन साटौला।
मेरी माया, मन त्यहि साटौला।

[पुर्याउछ कुन ठाउँ, बतासले उडाई, पातलाई के थाहा।
हुत्याइ कहाँ, भाग्यले लान्छ, भोलि खै के थाहा।]...२
सम्झना साँची, बाचौ लौ हामी, एकले अर्काको।
छुट्टिने घडि, के कुरा गर्नु, पिर र मर्काको।
दुनिया गोलो रहेछ भने, कुनै ठाउँ भेट होला।
देउरालीलाई फूलपाती चढाई मन, त्यसैदिन साटौला।
मेरी माया, मन त्यहि साटौला।

नमरी बाचें, दैवले सांचें, कहीं त भेट होला।



[झस्केर दुख्छ, यो मुटु मेरो, उसैको यादमा।
राखेको थिए उसैलाई मैले, दिलको माझमा।]...२
झस्केर दुख्छ।

नसम्झाई देउ अतितका व्यथा, हृदय जल्दछ।...२
दुखि त मनमा, जिउदो लाश झैँ, यो आत्मा बोल्दछ...२।

झस्केर दुख्छ, यो मुटु मेरो, उसैको यादमा।
राखेको थिए उसैलाई मैले, दिलको माझमा।
झस्केर दुख्छ।

राखेको थिए, त्यो तिम्रो तस्वीर, आँखैमा खिचेर।...२
यी आँखाबाट झर्दछ आँसु, रोकिन्न रोकेर...२।

झस्केर दुख्छ, यो मुटु मेरो, उसैको यादमा।
राखेको थिए उसैलाई मैले, दिलको माझमा।
झस्केर दुख्छ।



ए कान्छा, मलाइ सुनको तारा खसाई देउन।
त्यो तारा मात्र होइन,जुन पनि झारीदिउला।

[गाई गोरु बाधेर छिट्टै भेट्न आउन।
बाटैमा रात पर्ला,उज्यालैमा आउन।]... २
अध्यारो के हो र, माया पिरती अघि,
पर्खिदेउ म आउछु, अँध्यारोलाई तोडी।

ए कान्छा मलाइ सुनको तारा खसाई देउन।
त्यो तारा मात्र होइन,जुन पनि झारीदिउला।

[लौ उडी जाऊ त्यहाँ, बादल लुछी ल्याउन।
बादललाई गाँसेर आँचल बनाइदेउन।]... २
लौ हुन्छ बादलको आँचल बनाइदिउला।
छेउछेउमा ताराको जलप लगाइदिउला।

[ए कान्छा, मलाइ सुनको तारा खसाई देउन।
त्यो तारा मात्र होइन,जुन पनि झारीदिउला।]...२
You Might Also Like These Songs
Total Views