[कल्पनाको गगन, मुस्कुराउने चन्द्र बनन....हो।
कहिले होला त्यो दिन, जब होला मिठो मीलन।]…२

साउने झरी कुर्लीकुर्ली, भदौ पनि लाग्यो।…२
लाग्छ शरद, हट्छ झरी, किन्तु आँसु झरी भइरह्यो।
आँसु कहिले थामिने, मनको घाऊ कहिले पलाउने…हो।
कल्पनाको गगन, मुस्कुराउने चन्द्र बनन।

पिर लिई दुब्लाएर, छैन भोक निन्द्रा।…२
खोक्रो जस्तो शरिर र्भई ,छिया-छिया मन भो होला।
मनको पिर गाएर, रुदी हौली एक्लै बसेर।
कल्पनाको गगन, मुस्कुराउने चन्द्र बनन।

बन्धनको क्यानारिले, गाउँछ मिठो गीत।...२
सुखी छ कि, दुखि छ त्यो, थाहा कल्ले पाउन सक्छ र।
देख्छन सबले हाँसेको, देख्छ कल्ले मन जलेको।
कल्पनाको गगन, मुस्कुराउने चन्द्र बनन।    



[तिमीले त हैन, तिम्रा भाकाहरुले, मेरो मुटु, छोई सकेछन।
मैले पनि हैन, मेरा आँखाहरुले,तिम्रो लागि, रोईसकेछन।]…२

तेसैतेसै कस्तो गाढा, माया बसेको, धुँदा पनि जाँदै नजाने।…२
माया भन्नु यस्तै हो कि, म मात्रै यस्तो, रुँदा पनि जाँदै नजाने।

एकोहोरो माया बोकी, के भनेर सोधौं, मलाई पिर पर्नु पर्यो नि।…२
सपनीमा त्यति गाढा, बिपनीमा टाढा, यो मायाले गर्नु गर्यो नि।

[तिमीले त हैन, तिम्रा भाकाहरुले, मेरो मुटु, छोई सकेछन।
मैले पनि हैन, मेरा आँखाहरुले,तिम्रो लागि, रोईसकेछन।]…२



[टाढा टाढा, जानु छ साथी, एक फेर हाँसिदेउ।
छुटी सकेको मायालाई साथी एक फेर गाँसीदेउ।] ...२

यो फुलबारी उजाडिएला, केहि छिन बसेथ्यौ। ... २
बाहानै सहि आँखामा आँसु, लिएर रोएथ्यौ ...२।
टाढा टाढा, जानु छ साथी।

कहिँ गएर अल्मल्लिएर, भुलेर बसौंला। ... २
कहिले काही सम्झना आए, रोएर टारौला। .. २।

टाढा टाढा, जानु छ साथी, एक फेर हाँसिदेउ।
छुटी सकेको मायालाई साथी एक फेर गाँसीदेउ। ...२ 
You Might Also Like These Songs
Total Views