[कालो छ दिन, कालै छ रात।
खुल्ला आकाश मुनि छैन है गाँस।]...२
नाङ्गो जिउमा, कहिँ जाडो, कहिँ गर्मी।
कहिँ झरी, आँधीबेहरी।
चारैतिर मृत्यु र कोलाहल।
हरपल कठिनको घडी।

जानेहरु गए, सास हुनेलाई त बचाऔ।
यो हो संकटकाल, आऊ उद्दारमा जुटौ।
विपत्तीमा छिन, हाम्री आमा नेपाल।…२

आत्तिएकालाई अभय दिउँ, घाइतेहरुलाई उपचार गरौँ।
असहायलाई साहारा दिउँ, सम्पदा हरुलाई संभार गरौ।
सबै जाती, सबै बर्ग, सबै क्षेत्र समेटौ।
एक जुट भै सिलाउँ, जति घाऊ हरु भेटौं।

{हुनेले धन दिउँ, नहुनेले मन दिउँ। 
आऔं हामी तन, मन, बचन र कर्मले। 
दुखीहरुको सेवा गरौँ।}

हामी मानिस हौँ, सधै मानिस भै बाँचौ, दुखीहरुको सेवा गरौँ।
मानिस भै, मानिसलाई, अमुल्य अमुल्य जीवन दिउँ।

जानेहरु गए, सास हुनेलाई त बचाऔ।
यो हो संकटकाल, आऊ उद्दारमा जुटौ।
विपत्तीमा छिन, हाम्री आमा नेपाल।…२
You Might Also Like These Songs
Total Views