[यो कर्मभुमीको आँगनमा।
कर्मको उदाहरण, प्रस्तुत गरेर देखाउँ।
यहाँको धर्ती, बाँझो छैन।…२
बिकासको फूल फूलाउँ।…२]…२

[विस्वास गर्छन, यहाँका मानिसहरु।
शब्दमा हैन, कर्ममा।]…२
बिकासको लहर, पुर्याउनु छ।
शहरमा अनि, गाउँमा।
गाउँ गाउँमा।…२

यो शान्ती क्षेत्रको, आँगनमा।
शान्तीको उदाहरण, प्रस्तुत गरेर देखाउँ।
यहाँको धर्ती, बाँझो छैन।…२
बिकासको फूल फूलाउँ।…२

[निर्माण गर्ने, अपार शक्ती छ।
हामी नेपालीका, पाखुरीमा।]…२
देशभक्ती दौडिरहन्छ, यहि रगतको थोपामा।
थोपा-थोपामा।…२  

यो पुन्यभुमीको, आँगनमा।
धर्मको उदाहरण, प्रस्तुत गरेर, देखाउँ।
यहाँको धर्ती, बाँझो छैन।…२
बिकासको फूल फूलाउँ।…४



झरि झरी झरी बर्सिदै छ झरी...
सँगै हुदाँ, तिमी र म, परेको त्यो झरी।…२
पर्दै छ फेरि त्यहि झरी, यादमा त्यसैगरी।
सँगै हुदाँ...

तिमीसँग रुझ्दा किन, लाग्छ अझै रुझु।…२
जिन्दगीलाई लाग्छ आफ्नै, अर्थमा बुझु।
जलबिन्दु ती ओठहरुमा, फूलमा शित सरी।
सँगै हुदाँ...

चम्किदा बिजुली तर्सी, अंगालोमा आउँथ्यौ।…२
पल भरमै थाहै नपाई, म मा हराउँथ्यौ।
कहाँ छौ खै, म त यहि एक्लै, रुझ्दै छु त्यहि झरी।

सँगै हुदाँ, तिमी र म, परेको त्यो झरी।…२
पर्दै छ फेरि त्यहि झरी, यादमा त्यसैगरी।
सँगै हुदाँ...



गरुँ कि मिठो भूल… ४
छोउँ छोउँ लाग्यो मलाई, अङ्गालोमा बाँधी राखौं कि।
यो बैँशको फूल… ४
टिपुँ टिपुँ लाग्यो मलाई,मनको फूलदानीमा सजाउँ कि।

त्यसै मात लाग्ने, ति अधर नशालु।
रसिला रसिला, ति नजर लजालु।
मुस्कान छर्किंदा, झनै नयालु।
आँखामा सजाउँ कि,  मुटुमै मायालु
गरुँ कि मिठो भूल…२
छोउँ छोउँ लाग्यो मलाई, अङ्गालोमा बाँधी राखौं कि।

झरीमा रुझेका, तिम्रा ति केशमा।
लुकाउँ कि जिन्दगी, मायाको आशमा।
छल्किन्छ सधैं, ढलेको बैंशको।
मेटौं कि अन्जुली, थापेर प्यास यो।
गरुँ कि मिठो भूल…२
छोउँ छोउँ लाग्यो मलाई, अङ्गालोमा बाँधी राखौं कि। 



बादल बनाई देऊ, आकार बदल्न सकूँ।...२
क्षमता दिलाई देऊ, जिउदै म जल्न सकूँ।

जाऊँ कसरि जाऊँ, आफ्नै लाशको मलामी।...२
चुपचाप सहुँ कसरि, आफ्नै बदनामी।
सस्तो बनाई देऊ, बजारमा चल्नसकूँ।
क्षमता दिलाई देऊ, जिउदै म जल्न सकूँ।

फेरी चलाऊ गोली, घाईते बनाई नराख।...२
चिता मै जल्न देऊ, चिन्तामा जलाई नराख।
लाझहीन बनाई देऊ, सडकमा ढल्न सकूँ।
क्षमता दिलाई देऊ, जिउदै म जल्न सकूँ।
क्षमता दिलाई देऊ, जिउदै म जल्न सकूँ।   


G                      Em             Am             G
तिम्रो हर प्रश्नको जवाफ, मेरो चिठीहरुमा खोज्नु।...२
      B                      C
यदि चित्त तिमीलाई, बुझ्दैन भने।...२
     D           C          G
मेरो सामुन्ने, आएर सोध्नु।
G                      Em             Am             G
तिम्रो हर प्रश्नको जवाफ, मेरो चिठीहरुमा खोज्नु।

G                                      C        G
भुल होइन जस्तो लाग्ला, भुल गर्ने हरुलाई।...२
       B                     C
तर खेलेर छोड्यौ, तिमीले किन।...२
        D       C            G
मेरो बेसाहारा जीवन लाई।
तिम्रो हर प्रश्नको जवाफ, मेरो चिठीहरुमा खोज्नु।

दोष दिनु ठुलो पाप हो, निर्दोषी हरुलाई।...२
तर रित्त्याई दियौ, तिमीले किन। ...२
मेरो आँखाको आँसुलाई।

तिम्रो हर प्रश्नको जवाफ, मेरो चिठीहरुमा खोज्नु।
यदि चित्त तिमीलाई बुझ्दैन भने।
मेरो सामुन्ने आएर सोध्नु।
तिम्रो हर प्रश्नको जवाफ, मेरो चिठीहरुमा खोज्नु।



पुर्णिमाको रात पनि, औसीको झैँ लाग्न थाल्यो।
मेरो जीवन तिम्रो सिउदो,कुन पापीले रंगाई हाल्यो…४।

मेरो बस्ती उजाड पार्ने, कस्तो भेल आएको थियो।...२
तिम्रो दोष होइन सुन, मेरै भुल भएको थियो...२।

एक्लै भए जस्तो लाग्छ, ठुलो शहर माझ।...२
तिम्रो प्रेमी जिउदै मर्यो, यो संसारमा आज...२।
सलाईको काँटी जस्तै, यो अभागी जल्नथाल्यो।
मेरो जीवन तिम्रो सिउदो,कुन पापीले रंगाई हाल्यो…४।



[प्रतिक्षा गर मेरी मायालु,
समयले मानिसलाई कहाँ-कहाँ पुराउछ।]...२
कहिले हसाउछ, कहिले रुवाउछ।
आँसु र हासोको संगम पनि गराउछ।

पर्खन्छन कति आत्माहरु, मायाको धुनी बालेर। ...२
झस्कन्छन कति सपनासंग, ...२ विपना होकी भनेर ...२।
धैर्य गर, मेरी प्रियशी,
समयले मानिसलाई कहाँ-कहाँ पुराउछ।

उर्लन्छन कति खोलाहरु, फर्किने आशा लिएर। ...२
तर्सन्छन कति प्रेमी संग ...२, धोका होकी भनेर ...२।
केहि त बोल मेरी जिन्दगी,

समयले मानिसलाई कहाँ-कहाँ पुराउछ।
कहिले हसाउछ, कहिले रुवाउछ।
आँसु र हासोको संगम पनि गराउछ।

प्रतिक्षा गर मेरी मायालु,
समयले मानिसलाई कहाँ-कहाँ पुराउछ।



तिम्रो त्यो हसिलो मुहारको, झझल्को जब आउदा।...२
बिछोडका कुरा कल्पिन थाल्छन।...२
तिम्रो तस्बिरले चित्त बुझाउँदा।...२
तिम्रो त्यो हसिलो मुहारको, झझल्को जब आउदा।

सजाय मैले भोग्नु नै पर्छ, विश्वास गर्नाले।...२
परायालाई आफन्त ठानी, मुटुमा राख्नाले।...२
मेरो त्यो पबित्र प्यारको, कल्पना जब गर्दा।...२
आँसुका धारा बहन थाल्छन।...२
तिम्रो तस्बिरले चित्त बुझाउँदा।...२

लागेको चोट यो छाती भित्र कसरि सहनु।...२
हारेको मैले मैरोयि बस्छु, तिमि चै नरुनु।...२
मेरा ति जीवनका कथाहरु, अपुरो गरेर छोढदा ।...२
यी आँखा मेरा टोलाउन थाल्छन।...२
तिम्रो तस्बिरले चित्त बुझाउँदा।...४ 
You Might Also Like These Songs
Total Views