म मरे पनि मेरो देश, बाँची राखोस।
हिमालको टाकुरामा, नेपालीको पाखुरामा।
चन्द्र र सूर्य अंकित झन्डा, फर्फर नाची राखोस।
म मरे पनि मेरो देश, बाँची राखोस।...२

लालीगुराशको फूलमा, मेरै रगतको रङ्ग।
डाली डालीमा झुल्दछ, मेरै मनको तरङ्ग।
मेरो सारा अस्तित्व येही, धर्तीमा मिलेको छ ।
कदापी मर्दैन चाहे कसैले, मुटु नै चुंडी लगोस।
म मरे पनि मेरो देश, बाँची राखोस।...२

मर्छु देशको निम्ती, गर्दै मरी मरी काम।
अर्पित गर्छु आफ्नो जीबन, यो देशलाई तमाम।
येही एउटा धोको छ, चाह अरु केहि छैन ।
म मरे पनि यो मेरो प्यारो, हिमाल हांसी राखोस।
म मरे पनि मेरो देश, बाँची राखोस।...२   

आफ्नो गीतहरुमा मैले, कल्पना लाखौ पोखें ।
स्वदेशलाई माथि उचाल्ने, सपना हजारौ देखें।
फलोस फुलोस यो देश सँधै, येही नै मेरो कामना ।
म मरे पनि यो देशले मेरो, सपना साँची राखोस।
म मरे पनि मेरो देश, बाँची राखोस।...२
You Might Also Like These Songs
Total Views