Mana Milne Manche Katai




मन मिल्ने मान्छे कतै, भेटेउ की तिमीले।
तिर्खा लागी प्यास कतै मेटेउ की तिमीले।
मैले भने तिमीलाई भुल्नै सकिन।
तिमी बाहेक अरु संग खुल्नै सकिन।

नजानेरै तिम्रो चित्त दुखाएकी मैले।
तिमि संग कुनै कुरा लुकाएकी मैले।
रिसै उठे आँखा तिमीले तरेपनी हुन्थ्यो।
आफ्नै ठानी जती गाली गरेपनि हुन्थ्यो।

मन मिल्ने मान्छे कतै, भेटेउ की तिमीले।
तिर्खा लागी प्यास कतै मेटेउ की तिमीले।
मैले भने तिमीलाई भुल्नै सकिन।
तिमी बाहेक अरु संग खुल्नै सकिन।

संगै हिड्दा कतै खुट्टा लाग्यो की तिमीलाई।
मैले बोल्दा मनमा ठेस पुग्यो की तिमीलाई।
चित्तै दुखे मन खोलेर माझेपनि हुन्थ्यो।
गल्ती भए मुख फोरेरै बाझेपनि हुन्थ्यो।

मन मिल्ने मान्छे कतै, भेटेउ की तिमीले।
तिर्खा लागी प्यास कतै मेटेउ की तिमीले।
मैले भने तिमीलाई भुल्नै सकिन।
तिमी बाहेक अरु संग खुल्नै सकिन।
You Might Also Like These Songs
Total Views