Mero Desh Dubnai Lagyo



मेरो देश डुब्नै लाग्यो ......
मेरो देश डुब्नै लाग्यो, किनारा लगाइदेउ।
सपुत छौ कि कोहि, माझी बचाइदेउ।...२
केहि ढुकढुकी छ बाँकी,[ मर्न तेसै नदेउ।]...२

आएन कोहि यो देश लै आँखा भरि लुकाउने ....हो।
जति आए, उस्तै आए, आफ्नै दुनो सोझ्याउने।...२
अरु भोकै प्यासै मर्दा, आफु अझै रमाउने।
नेपाली को पीडाले [आँसु कति नझार्ने।]...२
मेरो देश डुब्नै लाग्यो, किनारा लगाइदेउ।

एउटा थियो खुकुरी, नेपालको शान राख्ने।
के थाहा,बर्सिएर छुटाउञ्छ शिर आफ्नै।...२
उज्यालो कतै छैन, आशा छैन कहिं।
अशान्ति नै देख्छु, [रोदन जहि तही।] ...२
मेरो देश डुब्नै लाग्यो, किनारा लगाइदेउ।

कुर्दै छन् यस्तो मान्छे, जसले यो देश जोगाउला।
बिध्वन्ष क्रान्ति साटो, शान्ति को बिउ रोपला।
जसले हिमाल तराई पहाड, सबै एउटै देखला।
नेपाल शिरमा राखी शान्तिको गीत गाउला।

मेरो देश डुब्नै लाग्यो, किनारा लगाइदेउ।
You Might Also Like These Songs
Total Views