Subhakamana Bhari




शुभकामना भरि हरेक स्वासमा,
तिम्रो दिर्घायुको कामना गर्न सकूँ म।
शुभकामना भरि हरेक पलमा,
तिम्रो जीवनमा सुभाष छर्न सकूँ म।

आँखाका दुइ घडा प्रीतले भरेको।
हरेक बूँदले अभिषेक देओस।
श्रदा भक्ति विश्वास मायाले उनेको।
हर शब्द यो मंगल माला बनोस।
शुभकामना भरि हरेक उषामा।
तिम्रा बिहानी हरु रंगाउन सकूँ म।

मुटुको दियोमा संधै बलि रहने।
अखण्ड बत्ति पथदर्शक रहोस।
सदुवाको सिउँदोमा झल्कि रहने,
सिन्दूर झै शुभ त्यो जीवन बनोस
शुभकामना भरि हरेक सन्ध्यामा,
तिम्रा साँझहरु सजाई दिन सकूँ म।
You Might Also Like These Songs
Total Views