Dui Thunga Sayapatri




यो यो यो यो यो यो यो यो यो यो यो
ना ना ना ना ना ना......

दुई थुङ्गा सयपत्री सिउरी दिउँ की म
तिम्रो दुई चुल्थोमा नखस्ने गरी
एक चुत्कि सिन्दुरले धर्सो तानी दिउँ कि
तिम्रो खाली सिउँदोमा नमेट्ने गरी

म तिम्रो ठुलो प्रशंसक हुँ
तिम्रो खिलाफ जानेहरुको लागी बाधक हुँ
(तिमी छौ म छु यहाँ, तिमी छैनौ म छैन)२

आँखाको धोका होईन झुटो म जान्दिन
जस्तो थियो मनमा मेरो त्यस्तै भनें
दैवको यो लिला कसरी उम्कनु
आँखा र मनले एकसाथ मन्जुरी दिए

म तिम्रो धेरै आभारी छु
कमसेकम सधैं नहोस् एकैछिन सहि
तिमी छौ म छु यहाँ, तिमी छैनौ म छैन

अरु म के भनुँ तिम्रो बारेमा
जति भन्यो त्यति कम
लाखौंमा तिमी एक छैन अर्को चीज
जित्यौ तिमीले मेरो मन
हुन्छ भनि दिए मलाई तिमीले
संसारको सबैभन्दा खुशी हुन्थें
म यहाँ म....

दुई थुङ्गा सयपत्री सिउरी दिउँ की म
तिम्रो दुई चुल्थोमा नखस्ने गरी
एक चुत्कि सिन्दुरले धर्सो तानी दिउँ कि
तिम्रो खाली सिउँदोमा नमेट्ने गरी

म तिम्रो ठुलो प्रशंसक हुँ
तिम्रो खिलाफ जानेहरुको लागी बाधक हुँ
(तिमी छौ म छु यहाँ, तिमी छैनौ म छैन)२
You Might Also Like These Songs
Total Views