Sayau Juni Pauna




(सयौ जुनी पाउन, सकिन्छ सकिन्न,
यो जुनी त हजुरलाई नै हो।
एकै जुनी बाँचु, मिठो माया सांचौ,
किन चाहियो सयौ जुनी त्यो।) ...2

(हो .. तिमीलाई मेरो माया अर्पण गरे।
हो ...तिमीलाई जीवन सपर्पण गरें।) ...2

हे ...आँखाले त तिमीलाई टाढा नजाउ भन्छ।
कहिँ गए साथै लानु। ..2
ए ...के भनेको तिमीले, छाया हुँ म तिम्रै।
छोडी कहाँ जानु। ...2

हो .. तिमीलाई मेरो माया अर्पण गरे।
हो ...तिमीलाई जीवन सपर्पण गरें।

सयौ जुनी पाउन, सकिन्छ सकिन्न,
यो जुनी त हजुरलाई नै हो।
एकै जुनी बाँचु, मिठो माया सांचौ,
किन चाहियो सयौ जुनी त्यो।

ए .. संसारमा सबभन्दा लाग्छ तिम्रै माया।
छुट्नु परे मारी जान्छु नि। ...2
ए ... नभन न त्यसरी, मुटु हाम्रो एउटै हो।
तिमी मरे मर्छु मा पनि। ...2

हो .. तिमीलाई मेरो माया अर्पण गरे।
हो ...तिमीलाई जीवन सपर्पण गरें।

हो ...सयौ जुनी पाउन, सकिन्छ सकिन्न,
यो जुनी त हजुरलाई नै हो।
एकै जुनी बाँचु, मिठो माया सांचौ,
किन चाहियो सयौ जुनी त्यो। .....2
You Might Also Like These Songs
Total Views