Bachunjel Lai




फुल भन्छ फुली रहुँ, जुन भन्छ चम्कि रहुँ -२
मन त भन्छ सबै संग माया मोह राखी रहुँ
बचुन्जेलिलाई -४

नदि भन्छ बगी रहुँ, श्रीष्टि भन्छ चली रहुँ -२
मन त भन्छ सबै संग माया मोह राखी रहुँ
बचुन्जेलिलाई -४

[नपरोस् बचनले घोच्न बरु ओठ सिएरै बस्छु
बिजाउदीन आँखाहरुमा बरु आफै उडी दिन्छु ]-२

कसैको दुखमा हाँस्दा कसलाई पो शान्ति मिल्छ
सपना त सपना हो बिपनामा रित्ति हाल्छ
बिपनीमा रित्ति हाल्छ
बचुन्जेलिलाई -२

[नपरोस् टुटेर जाने कसम र क्रिया खान
नपरोस् छिन् भरको लागी झिनो साहारा बन्न ]-२
सुन झैँ सुन्दर तारा कस्ले पो टिप्द छ र
मरे पछी को स्वोर्ग कस्ले पो देख्याछ र
कस्ले पो देख्याछ र
बचुन्जेलिलाई -२
You Might Also Like These Songs
Total Views