Dil Ko Kura




दिलको कुरा नगर दिलमाया, धेरै भयो सिशा झैँ फुटेको।...२
आगो पानी संग-संगै बस्दैनन। ...२
जाती भयो तिमीसंग छुटेको। ...२

फूलजस्तै मुस्कुराई हासी-हासी आयौ। ...२
फूलको जोवन जलाएर तिम्ले आगो लायौ।
सुनको कुरा नगर सुनमाया।
सुनको मान्छे, फलामको विचार।
अघि-अघि फूलको बयान। ...२
पछि-पछि छुराको प्रहार। ...२

मन परुन्जेल, मेरो हिरा मेरो हजुर भन्यौ। ...२
आफ्नो मनमा ताल्चा लायौ, पराइ कुरा सुनेउ।
मनको कुरा नगर मनमाया,
मन मारेर मनबाट गयसी।
आफ्नो-आफ्नो अलगै बाटो भो। ...२
एउटै बाटो दोबाटो भएसी ...२

दिलको कुरा नगर दिलमाया,धेरै भयो सिशा झैँ फुटेको।
आगो पानी संग-संगै बस्दैनन। ...२
जाती भयो तिमीसंग छुटेको। ...२
You Might Also Like These Songs
Total Views