Najik Chaina



नजिक छैन जो कि, मेरो टाढा पनि छैन।
सम्झनामा पनि आउछ, सधै भरि हैन।
[कस्तो-कस्तो, कस्तो, कस्तो ...कस्तो,
यस्तो पनि, हुँदो रैछ माया।]...२

[होइन उ बालख बेलाको साथी।
न छ आशक्ति, मेरो उ माथि।]...२
भेट हुँदा लाग्छ, देख्या-देख्या झैँ। ...२
हेर्दा हेर्दै ....हेर्दा-हेर्दै कस्तो,
यस्तो पनि हुँदो रैछ माया।

[नदेखे पनि लाग्दैन तुल्बुल।
भेट हुँदा अलि मन हुन्छ चुलबुल।]...२
उ घाम होइन, तर छ न्यानो। ...२
शितल छर्ने ...२  आगो जस्तो,
कस्तो हुँदो रैछ माया।

नजिक छैन जो कि, मेरो टाढा पनि छैन।
सम्झनामा पनि आउछ, सधै भरि हैन।
[कस्तो-कस्तो, कस्तो, कस्तो ...कस्तो,
यस्तो पनि, हुँदो रैछ माया।]...२
You Might Also Like These Songs
Total Views