Pratikshya Gara




[प्रतिक्षा गर मेरी मायालु,
समयले मानिसलाई कहाँ-कहाँ पुराउछ।]...२
कहिले हसाउछ, कहिले रुवाउछ।
आँसु र हासोको संगम पनि गराउछ।

पर्खन्छन कति आत्माहरु, मायाको धुनी बालेर। ...२
झस्कन्छन कति सपनासंग, ...२ विपना होकी भनेर ...२।
धैर्य गर, मेरी प्रियशी,
समयले मानिसलाई कहाँ-कहाँ पुराउछ।

उर्लन्छन कति खोलाहरु, फर्किने आशा लिएर। ...२
तर्सन्छन कति प्रेमी संग ...२, धोका होकी भनेर ...२।
केहि त बोल मेरी जिन्दगी,

समयले मानिसलाई कहाँ-कहाँ पुराउछ।
कहिले हसाउछ, कहिले रुवाउछ।
आँसु र हासोको संगम पनि गराउछ।

प्रतिक्षा गर मेरी मायालु,
समयले मानिसलाई कहाँ-कहाँ पुराउछ।
You Might Also Like These Songs
Total Views