Aaja Ko Yo Sanjh




आजको यो साँझ सम्हालेर राख। ...२
आजको यो पल, हृदयमा सांच।
आज एउटा इतिहास हो, पछेउरिमा बाँध। ...२
आजको यो साँझ सम्हालेर राख।

हामी दुइ छुदै कति कोशीहरु बगे। ...२
हल्लाउदै पात हाम्रा कति आंधी चले। ...२
तिम्रो मनको पानाभरि कोरेर राख।
आजको यो पल, हृदयमा सांच।
आज एउटा इतिहास हो, पछेउरिमा बाँध। ...२
आजको यो साँझ सम्हालेर राख।

जुनतारा जस्तै हामी किन टाढा-टाढा। ... २
यो जुनीमा साइनो हाम्रो कहिले हुने गाढा। ...२
तिम्रो मनको ढुकढुकी लाई सोधेर राख।
आजको यो पल, हृदयमा सांच।
आज एउटा इतिहास हो, पछेउरिमा बाँध। ...२
आजको यो साँझ सम्हालेर राख। ...२ 
You Might Also Like These Songs
Total Views