Yo Jharima Timi Sangai




यो झरीमा तिमीसंगै, रुझ्न पाए जाती हुन्थ्यो।...२
ओभानो यो जिन्दगीमा...२  मन बुझाउने साथी हुन्थ्यो।
यो झरीमा तिमीसंगै, रुझ्न पाए जाति हुन्थ्यो।

[ओढ्ने अरु केहि नहोस, ओरपर गाउँ नहोस।
गड्य़ाङ्-गुडुंग गर्दाखेरी, कतै लुक्ने ठाउँ नहोस।]...२
तिम्रैवरको आधा-आधा ओढ्न पाए जाती हुन्थ्यो।
ओभानो यो जिन्दगीमा...२  मन बुझाउने साथी हुन्थ्यो।
यो झरीमा तिमीसंगै, रुझ्न पाए जाती हुन्थ्यो।

[आंधीबेरी आओस बरु, मनभरि बाढी आओस।
बगाउँदा बगाउदै, बरु कतै छाडी जाओस।]...२
ऒत लाग्ने ठाउँ कतै, नभैदिए जाती हुन्थ्यो।
ओभानो यो जिन्दगीमा...२  मन बुझाउने साथी हुन्थ्यो।
यो झरीमा तिमीसंगै, रुझ्न पाएजाती हुन्थ्यो।
You Might Also Like These Songs
Total Views