Batuwa




जिन्दगीको गोरेटोमा, हिड्ने बटुवा म एक।
भेट्छु म थरि-थरिका पात्र अनेक।
सुख दुख, घाम-पानी देखें हरेक।
हुदोरैछ हर क्षण उतारचदावमा
पाइला प्रत्यक। ... २

खाली कागजमा, आउछन कोहि भर्न, धेरै रंग।
थाहै नदिई, च्यातेर जान्छन शरीरका थोरै अंग।
कठिन बाटोमा साथ, दिन्छन थोरै अपरिचित।
मधुर यात्रा बिथोल्न आउछन, कयौ परिचित।

[जिन्दगी भर, कोही भ्रममा जिए त।
कोही जिन्दगीभर भ्रममा पार्दै जिए। ]...२
साँचोलाई झुठो, झुठोलाई साँचो पार्दै।
एक मानसले सयौ मुकुण्डो फेर्दै जिए।

जिन्दगीको गोरेटोमा, हिड्ने बटुवा म एक।
भेट्छु म थरि-थरिका पात्र अनेक। ….३ 
You Might Also Like These Songs
Total Views