Timro Siudo Sajaai Dine



तिम्रो सिउदो सजाईदिने, मेरो एउटै धोको...२।
तिमीप्रति चाहना जुन, मेरो सधै चोखो...२।
तिम्रो सिउदो सजाईदिने, मेरो एउटै धोको...२।

[मेरो दिलनै उपहार, तिमीलाई दिईसकें।
बासी इक्षा नठानीदेउ, मैले चाही सकें।]...२
मेरो व्यथा कथा बन्छ, लहरा भै गीतको।
ओइलिएको फूललाई पनि, चाह हुन्छ शीतको।
तिम्रो सिउदो सजाईदिने, मेरो एउटै धोको...२।

[सपनामा सागर बन्छ, अनेक यादमा कल्पी।
जिउने पर्ने जिन्दगीमा, आसै-आसमा अल्झी।]...२
पन्छी नदेउ बहारसंग, फूल भै हामी फूलौ।
सुन्यसंग नहराऊ, हामी एक भै भुलौ...२।

तिम्रो सिउदो सजाईदिने, मेरो एउटै धोको...४। 
You Might Also Like These Songs
Total Views