Aaja Aafnai Chhaya




आज आफ्नै छायाँ, टाढा-टाढा भो।…२
बिर्सु भन्छु झनझन, माया गाढा भो।…२
जुन हो भन्थे माया,फूल हो भन्थे माया।…२
उही माया मलाई, किन काढा भो।…२

कस्तो घाऊ लाग्यो मनमा,घरि-घरि बल्झिरहने।...२
किन होला उनकै तस्विर, कलेजीमा अल्झीरहने।…२
आज आफ्नै छायाँ, टाढा-टाढा भो।

वाचा थियो संगै जिउने, दुइ किनार झैँ हुनुपर्यो।…२
कस्तो भाग्य रैछ मेरो, हास्न खोज्दा रुनुपर्यो।…२
आज आफ्नै छायाँ, टाढा-टाढा भो।…२
बिर्सु भन्छु झनझन, माया गाढा भो।…२
जुन हो भन्थे माया,फूल हो भन्थे माया।…२
उही माया मलाई, किन काढा भो।…३ 
You Might Also Like These Songs
Total Views