Arabau Manche Haruma




अरबौ मान्छेहरुमा, तिमी एक मन मिल्ने मान्छे।...२
म मन मिल्ने मान्छे भेट्दा, संसार नै भुल्ने मान्छे...२।
अरबौ मान्छेहरुमा, तिमी एक मन मिल्ने मान्छे।

तराजुमा राखेर धेरै पल्ट, यो दुनिँयालाई मैले जोखेको छु।
सहानुभुतीको आशा गरेर रुदै, बेर्थै वेदना पोखेको छु।
देखेर मानिसको मतलवी चाला...२, रुँदा रुँदै म रोकेको छु।
मलाई सानै चोट लाग्दा पनि, तिमी छट्पटाइ हाल्ने मान्छे।
अरबौ मान्छेहरुमा, तिमी एक मन मिल्ने मान्छे।

म निर्धन, निर्बल र बेअर्थको पानी बिहिन खोला।
म सायद त्यो अस्तित्वहिन मान्छे, मेरो महत्व के होला।
केहि छिन त तैपनि हाँसेरै जिउछु...२, तिमी साथ भएको बेला।
मेरो मृत्यु को खबर सुन्दा यहाँ, तिमी एकछोट रुने मान्छे।

अरबौ मान्छे हरुमा, तिमी एक मन मिल्ने मान्छे।...२
म मन मिल्ने मान्छे देख्दा, संसार नै भुल्ने मान्छे...२।
अरबौ मान्छेहरुमा, तिमी एक मन मिल्ने मान्छे।
You Might Also Like These Songs
Total Views