Fikka Fikka




फिक्का-फिक्का छ, तिमीबिना यो, मेरो जिन्दगी।...२
यी आँखाले हरपल, तिमीलाई खोज्छ।
यी ओठले हरपल, तिम्रो नाऊ जप्छ।
अनि मेरो घायल मुटु, तिमीलाई सम्झी रुन्छ।
फिक्का-फिक्का छ, तिमीबिना यो मेरो जिन्दगी।

संसारका सबै कुरा, अर्थहीन लाग्छ।
मेरा सारा खुशी चैन, पराई झैँ लाग्छ।
अनि मेरो घायल मुटु, तिमीलाई सम्झी रुन्छ।
फिक्का-फिक्का छ, तिमीबिना यो, मेरो जिन्दगी।...२

You Might Also Like These Songs
Total Views