Jindagi Bhar Sukha Matrai




[जिन्दगीभर सुख मात्रै, कहाँ हुन्छ र।
जिन्दगीभर हास्दै जिउने, मान्छे कुन छ र। ]...२
हर मान्छेले, दिन र रात दुवै।
हर मान्छेले, हार र जित दुवै।
भोग्नै पर्दो रैछ।...२
जिन्दगी भर सुख मात्रै, कहाँ हुन्छ र।

कुनै सपना पुरा हुन्छ, कुनै सपना हुन्न।...२
मनको ईच्छा, मनमै मर्दा, कसको मन पो रुन्न...२।
[जिन्दगीभर मिलन मात्रै, कहाँ हुन्छ र।
जिन्दगीभर माया पाउने, मान्छे कुन छ र।]...२
हर मान्छेले, दिन र रात दुवै।
हर मान्छेले, हार र जित दुवै।
भोग्नै पर्दो रैछ।...२
जिन्दगी भर सुख मात्रै, कहाँ हुन्छ र।

जतिसुकै सुन्दरहोस फूल, एकदिन ओइली झर्छ।...२
आफुसंग जे छ त्यहि मा, मन बुझाउनु पर्छ...२।
[जिन्दगीभर खुशी मात्रै कहाँ हुन्छ र।
जिन्दगीभर नरोई जिउने, मान्छे कुन छ र।]...२
हर मान्छेले, दिन र रात दुवै।
हर मान्छेले, हार र जित दुवै।
भोग्नै पर्दो रैछ।...२
जिन्दगी भर सुख मात्रै, कहाँ हुन्छ र। 
You Might Also Like These Songs
Total Views