Bariko Kanlo




बारीलाई कान्लो चाहिएको छ। खेतलाई आली चाहिएको छ।
मेरो देशको सिमानामा भने पर्खाल हैन।
नेपाली चाहिएको छ, हो नेपाली चाहिएको छ।

बारीको कान्लो मिचियो, केहि बोलिन।त्यो छिमेकी थियो ।
गार्‍हो पर्दा काम लाग्ने त्यहि त थियो।…२
खेतको आली, मिचियो केहि बोलिन। त्यो गाउँले थियो।
मर्दा पर्दा काम लाग्ने, त्यहि त थियो।…२
यसपाली त अचम्मै भो, देशै मिचियो।
देशै मिचियो मेरो, देशै मिचियो।...२

इतिहासको कथा भित्र, यो नेपाली ब्यथाको भित्र।…२
न मर्दा काम लागेको छ, न पर्दा काम लागेको छ।
मेरो देशको छातीमा कुल्चिने सामु।…२, अहिले त मलाई।…४
मेरो खिया लागेको खुकुरी, उद्याउने रहर जागेको छ,जागेको छ।
नभन्नु मेरो रगत उम्लियो, जहाँ कुल्च्यो उसले अहिले,
मेरो देशको हो त्यो...३। 
You Might Also Like These Songs
Total Views