Kahan Timro Mayalu Lai




कहाँ तिम्रो मायालुलाई छाडीराख्यौ।...२
त्यहि गोरेटोमा, त्यसको माया छ कि छैन।...२
कहाँ तिम्रो मायालुलाई छाडीराख्यौ।

गागरिमा थापेको पानी, सिम्टिएले लिपिएको आँगन।
अगेनामा दाउराको धुँवा, आँसु पुछ्ने कुसुमे रुमाल।
फर्की आउने हो कि होइन, मोटरको धुँवा उडाउदै।...२
कहाँ तिम्रो मायालुलाई छाडीराख्यौ।

[गीत गाउछु सुन्दर खोलाको तिरैमा।
माया लाउछु, डाँडा पारीको गावैमा।]...२
फर्की आउने हो कि होइन, मोटरको धुँवा उडाउदै।...२

कहाँ तिम्रो मायालुलाई छाडीराख्यौ।...२
त्यहि गोरेटोमा, उसको माया छ कि छैन।...२
कहाँ तिम्रो मायालुलाई, छाडीराख्यौ...४।  
You Might Also Like These Songs
Total Views