Komal Tyo Timro



कोमल त्यो तिम्रो बदनमा, ढल्न मन लाग्यो।
एकछिनलाई सारा भुलेर, हराउन मलाई ईच्छा जाग्यो।
केहि कदम भए पनि, हिंड्न मन लाग्यो।
तिमीसँगै गहिराइमा, डुबी हेर्न ईच्छा जाग्यो।

तिम्रो आगमनले, मेरो जीवनमा, बेग्लै असर छाड्यो।
हेर मेरो आँखामा, स्पष्ट देख्नेछौ, तिम्रो नाम।

सुनिदिने दैब पनि, बहिरो छैन होला।
कसम छ मेरो तिमीलाई,साथ कहिले छोड्ने छुइन।
मलाई हसाउ या रुवाउ, फरक पर्ने छैन।
चालिसकेको यो कदम, बाचुन्जेललाई हट्ने छैन।

तिम्रो मायामा, डुबेको छु यती सार्हो कि।
एक्छिन नदेख्दा, सारा बिरानो लाग्छ।
परिचित ठाउँ पनि, तिमी बिना।

[सुख होस य दुख, तिम्रो साथमा हुनेछु।
जहिले तिमीलाई मेरो साहारा, चाहिन्छ।
तिमीलाई जस्तै अरुलाई म, माया गर्न सक्दिन।
मेरो यही हो अन्तिम, शब्द।]…२

तिम्रो मायामा, डुबेको छु यती सार्हो कि।
एक्छिन नदेख्दा, सारा बिरानो लाग्छ।
परिचित ठाउँ पनि, तिमी बिना। 
You Might Also Like These Songs
Total Views