Aao Yaad Haru



आओ यादहरुहो आओ, म निदाएको छैन कोल्टेफेर्दैछु।...२
सुकेको दिलमा, आगो लाएर जाओ।...२
आओ यादहरु हो आओ...

निराश छु म सुस्केरा हाल्छु ...२, दुख हो जीवन, दुखैमा गाल्छु।
आओ आँशुहरु हो आओ...२, आँखा चिम्लेको छैन, जून हेर्दै छु।
प्यासी आँखामा बादल, छाएर जाओ, आओ यादहरु हो आओ...

अधुरो छु म आधा कविता...२ आफै म हेर्छु आफ्नै रमिता।
आओ पीरहरु हो आओ...२, मरिसकेको छैन, बाटो हेर्दै छु।
बाँकी छन् आशा सबै लिएर जाओ।

आओ यादहरु हो आओ, म निदाएको छैन कोल्टे फेर्दै छु।...२
सुकेको दिलमा, आगो लाएर जाओ...२,
आओ आओ यादहरु हो आओ...
म निदाएको छैन, कोल्टे फेर्दै छु। 
You Might Also Like These Songs
Total Views