Aau Na Aau




आऊ न आऊ तिम्रो खुशी, म त सधैं पर्खि रहुँला...२।
आए पनि म हेरी रहुँला, गए पनि हेरी रहुँला...२।

[कहिलेकाहिं दृष्टि पनि, म्वाई भन्दा मिठो हुन्छ।
कहिलेकाहिं छायाँ पनि, माया भन्दा न्यानो हुन्छ।]...२
तिम्रो बाटो छेक्दिन म, देख्नै मात्र पाए पुग्छ।
आए पनि हेरी रहुँला, गए पनि हेरी रहुँला।
आऊ न आऊ तिम्रो खुशी, म त सधैं पर्खि रहुँला...२।

[बसन्तमा सबै फूल, फुल्नै पर्छ भन्ने छैन।
जिन्दगीमा सबले बाजी, जित्नै पर्छ भन्ने छैन।]...२
तिम्रो चित्त खोस्दिन म, हातै मात्र पाए पुग्छ।
आए पनि हेरी रहुँला, गए पनि हेरी रहुँला।
आऊ न आऊ तिम्रो खुशी, म त सधैं पर्खि रहुँला...३।
You Might Also Like These Songs
Total Views