Purano Dunga




पुरानो डुंगा, पानीको छाल, पार गरूँ कसरि।
उनि छिन पारी, तरेर लौ न, भेटु म कसरि...२।
पुरानो डुंगा।

बिधीले यस्तो, अन्याय गरि, झुक्यायो मलाई।...२
एउटै मुटु, दुइ टुक्रा पारी, छुट्यायो मलाई।
चर्किदै गयो, बिछोडको घाऊ, सहुँ म कसरि...२।
पुरानो डुंगा।

प्रियसी बिना, यो जिन्दगानी, के चल्न सक्छ र।...२
हुरीको सामु, आँखाको ज्योती, के जल्न सक्छ र।
मालीबिनाको जंगली फूल झै, फुलुं म कसरि...२।

पुरानो डुंगा, पानीको छाल, पारगरूँ कसरि।
उनि छिन पारी, तरेर लौ न, भेटु म कसरि...२।
पुरानो डुंगा।
You Might Also Like These Songs
Total Views