Sunkai Bhau Cha




[सुनकै भाऊ छ, सुन्तला भारीको।
चाखी जानु भन्ने, मनकारीको।]...२
खै त, बूट जुत्ता।
कतिन्जेल धाउछौ दाई, धरान धनकुटा।...२

[धरान झर्छौ, धनकुटा भाकेर।
बल्छी दाउमा, सुन्तला राखेर।]...२
दाउरा भन्छौ तालिन अर्को छ।
छानो टाल्ने सपनै चर्को छ।
खै त, बूट जुत्ता।
कतिन्जेल धाउछौ दाई, धरान धनकुटा।...२

[रहर बाधी कहरको खकानमा।
मन बोक्छौ कि, घर बोक्छौ ढाकरमा।]...२
घरको दुख घरैमा तिन तला।
कहिले होला सुनको भाउ सुन्तला।
खै त, बूट जुत्ता।
कतिन्जेल धाउछौ दाई, धरान धनकुटा।...२

[सुनकै भाऊ छ, सुन्तला भारीको।
चाखी जानु भन्ने, मनकारीको।]...२
खै त, बूट जुत्ता।
कतिन्जेल धाउछौ दाई, धरान धनकुटा।...५
You Might Also Like These Songs
Total Views