Badal Banaideu




बादल बनाई देऊ, आकार बदल्न सकूँ।...२
क्षमता दिलाई देऊ, जिउदै म जल्न सकूँ।

जाऊँ कसरि जाऊँ, आफ्नै लाशको मलामी।...२
चुपचाप सहुँ कसरि, आफ्नै बदनामी।
सस्तो बनाई देऊ, बजारमा चल्नसकूँ।
क्षमता दिलाई देऊ, जिउदै म जल्न सकूँ।

फेरी चलाऊ गोली, घाईते बनाई नराख।...२
चिता मै जल्न देऊ, चिन्तामा जलाई नराख।
लाझहीन बनाई देऊ, सडकमा ढल्न सकूँ।
क्षमता दिलाई देऊ, जिउदै म जल्न सकूँ।
क्षमता दिलाई देऊ, जिउदै म जल्न सकूँ।   
You Might Also Like These Songs
Total Views