Kalpana Ko Gagan




[कल्पनाको गगन, मुस्कुराउने चन्द्र बनन....हो।
कहिले होला त्यो दिन, जब होला मिठो मीलन।]…२

साउने झरी कुर्लीकुर्ली, भदौ पनि लाग्यो।…२
लाग्छ शरद, हट्छ झरी, किन्तु आँसु झरी भइरह्यो।
आँसु कहिले थामिने, मनको घाऊ कहिले पलाउने…हो।
कल्पनाको गगन, मुस्कुराउने चन्द्र बनन।

पिर लिई दुब्लाएर, छैन भोक निन्द्रा।…२
खोक्रो जस्तो शरिर र्भई ,छिया-छिया मन भो होला।
मनको पिर गाएर, रुदी हौली एक्लै बसेर।
कल्पनाको गगन, मुस्कुराउने चन्द्र बनन।

बन्धनको क्यानारिले, गाउँछ मिठो गीत।...२
सुखी छ कि, दुखि छ त्यो, थाहा कल्ले पाउन सक्छ र।
देख्छन सबले हाँसेको, देख्छ कल्ले मन जलेको।
कल्पनाको गगन, मुस्कुराउने चन्द्र बनन।    
You Might Also Like These Songs
Total Views