Udhera Juna Chhunchu



उढेर जुन छुन्छु भन्थे,
तर आज पिजडाको, चरी भा छ जीवन।
जुगौजुग जिउछु भन्थे,
तर आज आफ्नै काखमा, मरी रा छ जीवन...२।

हृदयको बगैचामा, प्रिती रोपेको थिए।...२
मगमगाउदो फूल फुलाउने, सपना देखें को थिए...३।
सपना सबै टुटिगए, आजभोली आँखाबाट, बगीराछ जीवन।
जुगौजुग जिउछु भन्थे,
तर आज आफ्नै काखमा, मरी रा छ जीवन...२।

जिउन भने मुटु साटें, झनै मरिगएं।...२
जाडो छेक्न आगो फुकें, त्यसमै परिगएं…३।
बगेर सागर पुग्छु भन्थे, तर बगरको ढुंगा, सरि भा छ जीवन।

जुगौजुग जिउछु भन्थे,
तर आज आफ्नै काखमा, मरी रा छ जीवन...२।
You Might Also Like These Songs
Total Views