Yati Samma Priti




यतिसम्म प्रिती गरीगरी,(न यता भएँ , न उता भएँ)…२।
न त मन लिएँ, न त दिई दिएँ, न यता भएँ, न उता भएँ।

न त होश हवाश केहि राखियो, न त फूलको रस चाखियो।...२
न त  याद भो, न त स्वाद भो, न यता भएँ, न उता भएँ।

बिना औसरै सित भेटनु, तरवार लिईकन रेटिनु।...२
न त छिन्दिनु, न नछिन्दिनु, न यता भएँ, न उता भएँ।

न त साथ बस्न संगै भए, न त दुष्मनै सरि भईगएँ। ... २
न पुरानियाँ न त यो नयाँ, न यता भएँ, न उता भएँ।

न त खुश भईकन प्रेम गरी, न त रिस गरी कन मन हरी।...२
न यसो गरी, न उसो गरी, न यता भएँ, न उता भएँ।

यतिसम्म प्रिती गरीगरी,(न यता भएँ , न उता भएँ)…२।
न त मन लिएँ, न त दिई दिएँ, न यता भएँ, न उता भएँ।
You Might Also Like These Songs
Total Views