Chaubandima Patuki


[चौबन्दीमा, पटुकी बाध्याँ छैन भन्दैमा।
पखेरिमा, घास काट्न जान्या छैन भन्दैमा।]…२
मलाई नेपाली हैन भन्न, कहाँ पाईन्छ।
[म त नेपालको माया गर्ने छोरी।
मलाई, म जस्तै माया चाहिन्छ।]…२

[गाजलु टिकी राम्रै लाग्छ, लाउने बानी छैन।
मेरो लाउने बानी छैन। ]…२
गोठाला र मेलापातमा, धाउने बानी छैन।
मेरो धाउने बानी छैन।
उकाली र ओरालीको, नहिंडेको बाटो।
तर प्यारो लाग्छ मलाई, मेरै देशको माटो।

चौबन्दीमा, पटुकी बाध्याँ छैन भन्दैमा।
पखेरिमा, घास काट्न जान्या छैन भन्दैमा।
मलाई नेपाली हैन भन्न, कहाँ पाईन्छ।
[म त नेपालको माया गर्ने छोरी।
मलाई, म जस्तै माया चाहिन्छ।]…२

[दोहोरी गाउन नजाने नि, टुक्का गास्न आउँछ।
मलाई टुक्का गास्न आउँछ।]…२
मारुनी र समलामा, कम्मर भाँच्न आउँछ।
मलाई कम्मर भाँच्न आउँछ।
रितीथिती संस्कृति लाई, मेरो नि सम्मान छ।
आधुनिक म छोरी तर, मेरै आफ्नै शान छ।

चौबन्दीमा, पटुकी बाध्याँ छैन भन्दैमा।
पखेरिमा, घास काट्न जान्या छैन भन्दैमा।
मलाई नेपाली हैन भन्न, कहाँ पाईन्छ।
[म त नेपालको माया गर्ने छोरी।
मलाई, म जस्तै माया चाहिन्छ।]…२
You Might Also Like These Songs
Total Views