Fatyo Ni Maiti Ko Chino


फाट्यो नि माईतीको चिनो, फाट्यो पछेउरीको गून।…२
सम्झेर आउँछ नि रुन।
के ले म पुछु र आँसु, के ले म पुछु पसिना।
फाट्यो नि माईतीको चिनो, फाट्यो पछेउरीको गून।

[डाँडा पारी अर्को डाँडा , माईती छेकिएको।
जुगै बित्यो जन्म गाउँ, छैन टेकिएको।]...२
दशैं गयो, तिहार गयो, निदार रह्यो खाली।
नफुल्दैमा सुक्छ क्यारे, मनबेलीको डाली।
फाट्यो नि माईतीको चिनो, फाट्यो पछेउरीको गून।

[आउने जाने छैन काहीं, टुहुरीको कर्म।
दैबलाई तिर्दैछु म, कुन जुनीको पर्म। ]...२
आफ्नै जोवन सौतासरी, खसम परदेशी।
दिन पराई, रात पराई, वैरी गाउँबेशी।
फाट्यो नि माईतीको चिनो, फाट्यो पछेउरीको गून।…३
You Might Also Like These Songs
Total Views