Ritto Ritto Chu Ma





रित्तो रित्तो छु म, छैनन् बाँकी कुनै, अरु चाहना।
सुन्य सुन्य भो मन, बिलाईसके सबै जिउने बहाना।
घर जलेर आज खरानी भो सबै।
मन डढेर आज बिरानी भो कठै।

संगी, डुब्दै छु तिम्रो यादमा।
संगी, जल्दै छु तिम्रो यादमा।
संगी…. संगी, मेट्दैछु भाग्य हातमा…२।

यो समय पनि त कति निठुर भएर,
खोसी लग्यो मेरा, खुशी हरु।
डुबाई जीवन यो आँसुको आहाल मा।
चुँडि लग्यो मेरा, बिपनाहरु।
हरपल हरक्षण, भाग्यले लुटिरहेछ।
छटपटाई रहेछन मेरा टुहुरा रहर हरु।

संगी, डुब्दै छु तिम्रो यादमा।
संगी, जल्दै छु तिम्रो यादमा।
संगी….संगी, मेट्दैछु भाग्य हातमा…२।

यो विश्वास पनि त कस्तो, बिष रहेछ।
आँखा मै मर्यो, मेरा आशा हरु।
छिया छिया बनाई, अर्ध मृत पारी।
बगाई लग्यो मेरा, आस्थाहरु।
हो…आज किन आकाश मै माथी, खसिरहेछ।
जलिरहेछन यी मनका कामनाहरु।

संगी, डुब्दै छु तिम्रो यादमा।
संगी, जल्दै छु तिम्रो यादमा।
संगी…. संगी, मेट्दैछु भाग्य हातमा…२।
You Might Also Like These Songs
Total Views