Soche Jasto Bhaye Jiwan


सोचे जस्तो भए जीवन, म त कति बाच्थे होला।…२
जुनीजुनी सयौ जुनी…२, तिमीलाई नै साँच्थे होला…२।

कहाँ भेटिन्छन र साथी, दुख पर्दा साथ दिने।
कोहि पनि छैनन यहाँ, डुबेका लाई हाथ दिने।
हो…सोचे जस्तो भए प्रीत, म त कति गास्थे होला।
जुनीजुनी सयौ जुनी…२, तिमीलाई नै साँच्थे होला…२।

दुनियाको रितै कस्तो, आफैमात्र हुने खाने।
खोली तरी सकेपछि, लौरीलाई बिर्सिदिने।
हो…सोचे जस्तो भए खुशी, म त कति हास्थे होला।
जुनीजुनी सयौ जुनी…२, तिमीलाई नै साँच्थे होला…२।

सोचे जस्तो भए जीवन, म त कति बाच्थे होला।
You Might Also Like These Songs
Total Views