Maya Malai


[माया मलाई धेरै गर्छु भन्छौ।
त्यसैले मन चंगा भाको छ।]…२
वैशालु जोवन, चन्चले यो मन।…२
माया पाउँदा बहार छा को छ।
जिन्दगीमा बहार आको छ।
माया मलाई धेरै गर्छु भन्छौ।

निदाउनु अघि, खुल्दुली हुन्छ, निदाए काउकुती।…२
कानैमा आई, सासले बोल्छौ, लाग्दछ छटपटी।
बिउझेर हेर्दा, म एक्लो हुन्छु,सोच्छु के भाको छ।
वैशालु जोवन, चन्चले यो मन।…२
माया पाउँदा बहार छा को छ।
जिन्दगीमा बहार आको छ।
माया मलाई धेरै गर्छु भन्छौ।

बिहानी पखको, चिसो सिरेटो, मायाले न्यानो छ।…२
साँझको कालो, अँध्यारो पनि, उज्यालो भै रा छ।
जहीँतहीँ  म, तिमी नै देख्छु, अचम्म भा को छ।
वैशालु जोवन, चन्चले यो मन।…२
माया पाउँदा बहार छा को छ।
जिन्दगीमा बहार आको छ।

माया मलाई धेरै गर्छु भन्छौ।
त्यसैले मन चंगा भाको छ।…२
You Might Also Like These Songs
Total Views