Basa Hai Paleti Marera


खै तिमी काँ निर, देख्दिन यहाँ निर, आऊ बस मुख यता पारेर।
हात अघि सारेर, चकटी तानेर, बस है पलेटी मारेर...२।

आज म मूड मा छु, गीत गाउने सुरमा छु, सुन्नु गीत हात कानमा हालेर।
म गाउदै जान्छु, सुन्दै जाऊ तिमी, मजाले पलेटी मारेर...२।

हात मुख जोड्न काम धेरै गरियो, बाहुला है माथी सारेर।
बालक कालमा पो जे पनि पाइन्थ्यो, रोईदिन्दा खुट्टा बजारेर।

हासीमा हासी खुशी भै खाईयो, पानीमा गुन्द्रुक तारेर।
जतिकै दुख हुँदामा पनि, खाइन कसैलाई मारेर।

संसारमा कयौं खुशी भै खान्छन, आर्का लाई मर्का पारेर।
बरु मरी जाउँला, तर खान्न कहिले, कसैको आँसु झारेर...२।
You Might Also Like These Songs
Total Views