Purba Pashchim Rail


तितिरी तिरिरि तुइ ति तिरिरिरी, तितिरी तिरिरि ।… ३
[काकाकुल झैं भा को छ जिन्दगी।
मनको तिर्खा, मनैको बन्दकी, १,२,३,४,५]...२
२,३,४,५,६, गन्दै हिसाब गरेको, सपना, देखे मायालु।
मैले तिम्रो सिउँदो हरेको।

[काँचो काँचो पिंडालु कोक्याउने।
माया भयो, मन मात्रै लोभ्याउने।
पुर्व पस्छिम रेल, छुकछुक छुकछुक]...२
छुकछुक छुकछुक गुडेको सपना देखे मायालु।
तिमीसितै रिंगरोड घुमेको।

तितिरी तिरिरि तुइ ति तिरिरिरी, तितिरी तिरिरि। …. २

पिउँ त पानी, पंधेरी टाढो भो।
दिन बिताउन साह्रै नै गार्हो भो।
१,२,३,४,५,   २,३,४,५,६।
गन्दै हिसाब गरेको सपना देखे मायालु।
मैले तिम्रो सिउँदो हरेको।

तिमी मैदान, म फुले भिरैमा।
ओइलिञ्छु कि, परे म पिरैमा।
पुर्व पस्छिम रेल।...२
छुकछुक छुकछुक गुडेको सपना देखे मायालु।
तिमीसितै रिंगरोड घुमेको।

तिमीसितै मनमुटु साँट्या छु।
ढाँट्या होइन, बहुलाउनै आँट्या छु।
१,२,३,४,५,   २,३,४,५,६।
गन्दै हिसाब गरेको सपना देखे मायालु।
मैले तिम्रो सिउँदो हरेको।

तिउन ताउन, घाम छँदै केलाउने।
मनको आगो कहिले हो सेलाउने।
पुर्व पस्छिम रेल।...२
छुकछुक छुकछुक गुडेको सपना देखे मायालु।
तिमीसितै रिंगरोड घुमेको।

दुइटै मुटु एउटै भो हालत।
केहि होला कि, यो आउने साल त।
पुर्व पस्छिम रेल।...२
छुकछुक छुकछुक गुडेको सपना देखे मायालु।
तिमीसितै रिंगरोड घुमेको।
You Might Also Like These Songs
Total Views