Thahai Napaai


थाहै नपाई, माया बसेछ, थाहै नपाई मुटु गांसेछ।
तिम्रो मुहारले, मोहनी लगायो पागल बनायो…२।
थाहै नपाई, माया बसेछ, ल।

[कहिलेकाहीं यो मन, तिमीलाई नै खोज्छ।
जति भुलुं भन्दा, तिमीलाई नै रोज्छ।]…२
तैपनि तिमी, हाँसेर टार्छ्यौ।
तैपनि तिमी, तर्केर भाग्छ्यौ।
तिम्रो मुहारले, मोहनी लगायो पागल बनायो…२।
थाहै नपाई, माया बसेछ, ल।

[किनकिन यो दिन, धेरै लामो लाग्छ।
भिडभाड माझमा, एक्लो एक्लो लाग्छ।]…२
तैपनि तिमी, हाँसेर टार्छ्यौ।
तैपनि तिमी, तर्केर भाग्छ्यौ।
तिम्रो मुहारले, मोहनी लगायो, पागल बनायो…२।
थाहै नपाई, माया बसेछ, ल।

You Might Also Like These Songs
Total Views