Gudeko Rail


[गुडेको रेल पनि, रोक्दिन्थे मैले त।
उर्लेको भेल पनि छेक्दिन्थे मैले त।]…२
[मायाले, मायाले, मायाले।
दिल ज्यानै दिन्छु नि भने त।]…२

[घरको ऐनामा राम्रै देखिन्छु।
टोलभरि सबैले, हिरो छस भन्छन।]…२
त्यो भन्दा ठुलो, यो मेरो दिल छ।
खै कैले यो दिल, त्यो दिलमा मिल्छ।
[आगोलाई पानीमा, बाल्दिन्थे मैले त।
दश रेक्टर भुईचालो, थाम्दिथ़े मैले त।]…२
[मायाले, मायाले, मायाले।
दिल ज्यानै दिन्छु नि भने त।]…२

[आकाशमा लाखौ लाख छन तारा।
एउटै जुनलाई छैन सहारा।]…२
भगवानले मलाई यति कुराका।
सायद तिमी नै, हो कि जुराका।
[औशी लाई पुर्णिमा, पार्दीन्थे मैले त।
धर्तीमै जुनतारा झार्दिन्थे मैले त।]…२
[मायाले, मायाले, मायाले।
दिल ज्यानै दिन्छु नि भने त।]…२

गुडेको रेल पनि,रोक्दिन्थे मैले त।
उर्लेको भेल पनि छेक्दिन्थे मैले त।
[मायाले, मायाले, मायाले।
दिल ज्यानै दिन्छु नि भने त।]…२
You Might Also Like These Songs
Total Views