Nai Malai Thaha Chaina


जोडी ढुकुर संगै डुलेको, हो किन होला।
नाई मलाई थाहा छैन।…२
फूलमा सधै, भंवरा झूलेको, हो किन होला।
नाई मलाई थाहा छैन।…२
के छ तिम्रो मन, बरु सिधै भन।.…२
बांगो कुरा बुझ्ने बेला भाछ,  भाछैन।
नाई मलाई थाहा छैन।…४

[हेर न हेर चखेवा जोडी, डालीमा रमाँए।
सर न पर, लाग्यो नि डर, मै पनि लजाँए।]....२
के छ तिम्रो मन, बरु सिधै भन।.…२
मन भित्र खुल्दुल खुल्दुल, भाछ, भाछैन।
नाई मलाई थाहा छैन।…२
खै मलाई थाहा छैन, नाई मलाई थाहा छैन।

[हेर न हेर दुई खोली पनि, भेटिए दोभान।
बरु ज्यान जाला, मतलब छैन, साचिन्छ जोवन।]...२
भन सत्य सत्य, नगर न हत्ते।…२
जोवन देख्दा, त्यो मन लोभी, भाछ भाछैन।
नाई मलाई थाहा छैन।…२
खै मलाई थाहा छैन, नाई मलाई थाहा छैन।
You Might Also Like These Songs
Total Views