A Mero Hajoor


[मन दिन्छु, मुटु दिन्छु, फेर्नु पर्ने सास दिन्छु।
घटीबढी होईन सधै, माया एकनास दिन्छु।
कसम हो कसम, कसम हो कसम। ]…२
कसम तिमी संग कहिले हुने छैन, दूर।
ए मेरो हजूर, ए मेरो हजूर।

[कुरा गर्ला दुनियाले गरोस, हाम्रो के नै जान्छ।
बुट्टा भर्ला, अनेक-अनेक भरोस, हाम्रो के नै जान्छ।]…२
कसम हो कसम, कसम हो कसम।
हेर्दै जाँदा दुनिया यो बद्लेला, जरूर।
ए मेरो हजूर, ए मेरो हजूर।

[तिमीविना पुरा हुन्न, सत्य म त आधा हुन्छु।
रँग जान्छ तिमीसंगै, म त साधा-साधा हुन्छु।]  …२
कसम हो कसम, कसम हो कसम।
तिम्ले गर्दा पाएको छु, खुशी भरपूर।
ए मेरो हजूर, ए मेरो हजूर, ए मेरो हजूर।
ए मेरो हजूर, ए मेरो हजूर, ए मेरो हजूर।
You Might Also Like These Songs
Total Views