Chwassa Bijhne Timro Maya

च्वास्स बिझ्ने तिम्रो माया, मार्दिम-मार्दिम लाग्छ।…२
अरुलाई नै माया रोग…२, सार्दिम-सार्दिम लाग्छ…२।

तिम्रै कारण, जो देख्यो, उसकै माया लाग्छ अचेल।…२
दिलको घरमा…२, कोठै-कोठा, बार्दिम-बार्दिम लाग्छ।
च्वास्स बिझ्ने तिम्रो माया, मार्दिम-मार्दिम लाग्छ।…२

मेरो माया मारेझै, तिम्रो नि माया मारेर।…२
मलाई जस्तै…२, तिम्लाई गार्हो, पार्दिम-पार्दिम लाग्छ…२।
च्वास्स बिझ्ने तिम्रो माया, मार्दिम-मार्दिम लाग्छ।…२
अरुलाई नै माया रोग…२, सार्दिम-सार्दिम लाग्छ…२।
च्वास्स बिझ्ने तिम्रो माया, मार्दिम-मार्दिम लाग्छ।…२      
You Might Also Like These Songs
Total Views