Aaja Feri Ekantama


आज फेरी एकान्तमा, तिमी याद आयौ।…२
अशान्त यो मनलाई…३, अरु झन सतायौ…२।
आज फेरी एकान्तमा, तिमी याद आयौ।

[कुहिरोले तिमीलाई, छेकिदिए हुन्थ्यो।
तिम्रो याद पहिरोले, लगिदिए हुन्थ्यो…२।]…२
पर हुन खोजे किन, बलियो समायौ।
अशान्त यो मनलाई, अरु झन सतायौ…२।
आज फेरी एकान्तमा, तिमी याद आयौ।

[टाढा-टाढा सम्म पनि, कोहि देखिदैन।
चकमन्न वरिपरि, केहि सुनिदैन…२।]…२
कहाँ बाट मनको तार, तिमीले घनकायौ।
अशान्त यो मनलाई…३, अरु झन सतायौ…२।
आज फेरी एकान्तमा, तिमी याद आयौ।
You Might Also Like These Songs
Total Views