Piratiko Barko Timilai


[ओढाउँला पिरतीको, बर्को तिमीलाई।
मेरै नामको सिन्दुरको, धर्को तिमीलाई।]…२
डबल बेडको पलंग माथि, दुईटा सिरानी।
एउटा मलाई चट्टसँग, अर्को तिमीलाई।
मेरै नामको सिन्दुरको, धर्को तिमीलाई।
हौ, बर्को तिमीलाई।

तिलहरी र नौगेडीको, लर्को तिमीलाई।…२
हसाईराख्छु, हरेक पल, एक सर्को तिमीलाई।
काढौला पिरतीको, मह मिलीजुली।
एउटा हात, मै चाटौला, अर्को तिमीलाई।
मेरै नामको सिन्दुरको, धर्को तिमीलाई।
दिउँला, बर्को तिमीलाई।

बाहिरको काम सबै मेरो, घरको तिमीलाई।…२
घरको काममा लाग्न दिन्न, झर्को तिमीलाई।
गुडाउँला जिन्दगीको रथै, गुटुटुटु।
एउटा पाँग्रा मेरो भयो, अर्को तिमीलाई।
मेरै नामको सिन्दुरको, धर्को तिमीलाई।
दिउँला, बर्को तिमीलाई।

ओढाउँला पिरतीको, बर्को तिमीलाई।
मेरै नामको सिन्दुरको, धर्को तिमीलाई।
डबल बेडको पलंग माथि, दुईटा सिरानी।
एउटा मलाई चट्टसँग, अर्को तिमीलाई।
मेरै नामको सिन्दुरको, धर्को तिमीलाई।
दिउँला, बर्को तिमीलाई।

ओढाउँला पिरतीको, बर्को तिमीलाई।
मेरै नामको सिन्दुरको, धर्को तिमीलाई।
You Might Also Like These Songs
Total Views