Is it Love?


चल्नै छाड्छ, ढुकढुकी यो, नहुँदा तिम्रो साथ।
एकछिन तिम्लाई नपाउँदा नि, रोकिन्छ होला सांस।

तिमी मै टोलाईरहू भन्छ, मेरो आँखा।
के माया यहि हो , is it a love.
तिमीलाई बोलाई रहुँ भन्छ मेरो भाका।
के माया यहि हो , is it a love.

मन बुझाउने कसरि, मान्दैन, हाल दिलको बताउन, जान्दैन।
लुकाएर तिम्रो माया मुटुमा, सामु आउँदा ऒठ केहि भन्दैन।

भाग्य मा नै तिमी छौ कि, तिमी मेरै निम्ती हौ कि।
परिस्थिती यस्तै बन्छ, is it a love.
नाना नाआ, आआ आ

कहिँ कतै नटुङ्गिए हुन्थ्यो, यो बाटो, पिरतीको।
यहीं कतै अल्झिरहे हुन्थ्यो, यो धर्ती, यो आकाश, यो बादल।
यात्रा जिन्दगीको ।

प्रकृति भरि, सुवास छरी फक्रिरहुँ जस्तो।
झरनामा, छहरामा, पहरामा, लहरामा।
झुलीरहूँ जस्तो ,  is it a love.
नाना नाआ, आआ आ।

भावीले कोरेको हुन्छ भन्छन, जोडी सबको, जनमभरको।
सम्झी डर लाग्छ कतै छुट्ला, अनि टुट्ला ।
सुन्यतामै बिलाई जाला, हुन्छौँ कि अपुरो।

सिन्दुर छरी, सिउँदो भरि, आफ्नै बनाउँला।
जुगौजुग बाँचीरहने, हर लोकले सम्झिरहने।
कथा रचाउँला,  is it a love.
नाना नाआ, आआ आ।

You Might Also Like These Songs
Total Views